
बैंकिङ खबर/ नक्कली शैक्षिक प्रमापपत्र प्रकरणमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् । प्रहरीले उनीहरूले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिटिजन बैंकको बुटलवस्थित ड्राइभर चोक ब्रान्चमा कार्यरत मनिशा मास्के, मनिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक बिष्ट रहेका छन् ।
उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौंका विभिन्न शाखामा कार्यररत उनीहरूलाई पक्राउ गरेको हो ।


