Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ६७ करोड ४४ लाख

२०८० श्रावण २८ गते

बैंकिङ खबर/ने नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० मा ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानमा गएको कम्पनीले यो वर्ष आकर्षक नाफा कमाएको हो ।

यसअवधि कम्पनीले ४.६९ ले बीमा शुल्क वृद्धि गरेर ३६ अर्ब ६२ करोड ८० लाख ६२ हजार रुपैयाँ सङ्कलन गरेको छ । यस्तै, समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १९.७६ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब ८२ करोड ६३ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा पुनरबिमा कमिसन र लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी पनि बढेको छ । यसले पनि खुद नाफा बढ्न सहयोग गरेको हो । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३० पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८४ पैसा रहेको छ भने जगेडा कोष १२५.३१ प्रतिशतले बढेर ६४ करोड ९७ लाख २२ हजार रुपैयाँ पुगेको छ ।