Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

छिमेक लघुवित्त शाखा कार्यालय कैलपालमाण्डौद्वारा मृत्यु दावी भुक्तानी

२०८० श्रावण २३ गते

बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कैलपालमाण्डौले मृत्यु दावी भुक्तानी गरेको छ । गन्यापधुरा गाउँपालिका-५ कैलपालमाण्डौंकी घउली देवी लुहारको श्रीमान कथे लुहारको मृत्यु भएपछि बीमा वापतको १ लाख २५ हजार रुयैयाँ चेक हस्तान्तरण गरिएको हो।

उक्त चेक आइतबार शाखा प्रबन्धक अम्मर बहादुर सिंहले शाखाका अन्य पदाधिकारीहरू तथा स्थानीय वडा अध्यक्ष चन्द्र प्रसाद रोस्याराको उपस्थितिमा मृतककी श्रीमती धउली देवीलाई हस्तान्तरण गरेका हुन् ।

मृतककी श्रीमती धउलीले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पु¥याएको बेला लघुवित्तको यस सहयोगले केही मात्रामा भएपनि राहत मिलेको बताइन्।