Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकहरुलाई पनि काउन्टर साइक्लिकल बफर

२०८० श्रावण १२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहरुलाई पनि काउन्टर साइक्लिकल बफर कायम गर्न निर्देशन दिएको छ। मौद्रिक नीतिमा आएको प्रावधानलाई शुक्रबार राष्ट्र बैंकले सर्कुलर जारी गर्दै कार्यान्वयनमा लग्ने भएको हो। जसअनुसार वाणिज्य बैंकहरुले झैं अब विकास बैंकहरुले पनि थप २.५ प्रतिशत पुँजी कोष कायम गर्नुपर्नेछ।

काउन्टर साइक्लिकल बफर अनुसार ११ प्रतिशत कायम गर्दै आएको पुँजीकोष अनुपातमा अतिरिक्त २.५ प्रतिशत पुँजी थपिन्छ। कुल १३.५ प्रतिशत पुँजीकोष कायम गर्नुपर्छ। यो व्यवस्था राष्ट्रियस्तरका विकास बैंकहरुलाई मात्रै हो। चालु आर्थिक वर्षदेखि वाणिज्य बैंकहरुलाई काउन्टर साइक्लिकल बफर लागू भएको छ।