बैंकिङ खबर/राष्ट्रिय स्तरका विकास बैंकहरुले समेत पूर्ण रुपमा क्यापिटल एडेक्वेसी फ्रेमवर्क, २०१५ अनुसार पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ ।
यो व्यवस्थासँगै अब केही विकास बैंकहरुले टाइट पूँजीकोषको अप्ठ्यारो सामना गर्नुपर्नेछ । यो व्यवस्थाले यसअघि वासल टूअनुसार कोर क्यापिटलको ६ प्रतिशत हाराहारी मात्र क्यापिटल एडेक्वेसी कायम गर्दै आएका मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक लगायतलाई पनि सकस पर्नेछ । अब यो व्यवस्थाअनुसार वासल थ्री अनुसारकै ८.५ प्रतिशतको क्यापिटल एडेक्वेसी रेसियो विकास बैंकहरुले कायम गर्नुपर्नेछ ।