July 23rd, 2023

मौद्रिक नीतिः लघुवित्त वित्तीय संस्थाहरुकाे संख्या अझै घट्ने


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्तिका लागि प्रोत्साहन गर्ने भएकाे छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गर्ने भएको हो ।

२०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगिने पनि राष्ट्र बैंकले जनाएको छ ।