July 20th, 2023

‘अर्थतन्त्रका चुनौती सामना गर्नेगरी मौद्रिक नीति आउनुपर्छ’

बैंकिङ खबर/पूर्व अर्थमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री पौडेलले सो सुझाव दिएका हुन् । आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने बाहिर चर्चा भइरहेको उनको भनाइ छ ।

कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई कि त्रिशूल भनेजस्तो छान्न सकिने विषय नभएको उनले बताए । उनले विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरतासहित अहिलेको अर्थतन्त्रलाई सामना गर्नसक्ने मौद्रिक नीति राष्ट्र बैङ्कले ल्याउनुपर्ने उबताए ।

उनले आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्ने बताए । उनले अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव भएको भन्ने परीक्षण पछिल्ला आँकडाहरूले दिएको उनले बताए ।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच हार्दिक सम्बन्ध हुनुपर्ने बताए । उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच हार्दिक सम्बन्ध नराम्रो छ भन्ने सन्देश बाहिर जाँदा विश्वासको वातावरण नबन्ने उनको भनाइ छ ।