Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीतिलाई धेरै भारी बोकाउनु हुँदैनः स्वर्णिम वाग्ले

२०८० श्रावण ४ गते

बैंकिङ खबर/ सांसद डा. स्वर्णिम वाग्लेले मौद्रिक नीतिलाई धेरै भारी बोकाउन नहुने बताएका छन् । उनले पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स दुवैमा समस्या रहेको भन्दै मौद्रिक नीतिलाई मात्र धेरै भारी बोकाउन नहुने बताए ।

प्राइभेट फाइनान्स उत्पादनमा केन्द्रित भएर अन्य क्षेत्रमा केही कसिलो हुनुपर्ने भन्दै उनले त्यसले राजस्वमा भने दबाब पार्न नहुने बताए । उनले विगतका पोलिसीले ल्याएका प्रभावको विषयमा पनि नेपाल राष्ट्र बैंकले बताउनुपर्ने बताए ।

मौद्रिक नीति प्राविधक हो भन्नु भन्दा पनि यसबारे आम नागरिकलाई बुझाउनु जरूरी रहेको उनको भनाइ छ । प्राइभेट फाइनान्समा जनताको अवस्था सहज नभएको भन्दै उनले निजी क्षेत्रको कर्जा जीडीपी बराबर रहेको बताए ।