Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्त शाखा अमरगढी डडेल्धुराद्वारा बीमा बाफतको रकम भुक्तानी

२०८० श्रावण ४ गते

बैंकिङ खबर/वि.सं. २०४९ सालमा स्थापित निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय अमरगढी डडेल्धुराले ग्रामीण कर्जा बीमा बाफतको रकम नवदुर्गा गा.पा.वडा नं. ०३ डाडावनमा संचालित डाडावन ‘ख’ महिला समूह सदस्य स्व. तारादेवी लुहारको पति भरत बहादुर लुहारलाई भुक्तानी गरेको छ ।

मंगलबार नवदुर्गा गा.पा.वडा नं. ०३ डाडावन ०३ नं. वडा कार्यालयको सभाहलमा एक कार्यक्रमकाबीच नवदुर्गा गा.पा.वडा नं.०३ का वडाध्यक्ष भक्त बहादुर कठायतको हातबाट मृतक सदस्यकको पति भरत बहादुर लुहारलाई ग्रामीण कर्जा बीमा बाफतको रकम १,३ लाख २१ ह्जार ३ सय ११ रुपैयाँ भुक्तानी गरेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड अमरगढी शाखाका शाखा प्रबन्धक धु्रवराज जोशीले जानकारी दिए ।

संस्थाले आफना ग्राहक सदस्यहरुलाई आय स्तर बृद्धिका लागि लघुउद्यमशिलता सिप विकास (बाख्रापालन, कुखुरापालन, तरकारी खेती, पशुपालन) तालिम तथा वित्तीय साक्षरता तालिम प्रदान गर्दे आइरहेको छ ।

साथै गैरआर्थिक कारोबार सामाजिक उत्तरदायित्व अन्तर्गत दिने सेवाहरुमा शिक्षा क्षेत्रमा संस्थामा आवद्ध रहेका सदस्यहरुका गरिव तथा जेहेन्दार छोराछोरीलाई हरेक वर्ष २ जनालाई छात्रवृत्ती प्रदान, घातक रोग लागेका सदस्य तथा एकाघरका परिवारका सदस्यहरुलाई राहत स्वरुप सहयोग, सदस्यहरुलाई सुत्केरी पोषण खर्च, सदस्यहरुलाई दैवीक प्रकोप कार्यमा राहत वितरण, संस्थाका प्रमुख कार्यकारी अधिकृतको उद्यमशिलता सन्देश, सदस्य तथा सदस्यका पतिको लघु बीमा सम्बन्धी राहत वितरण गर्दे आइरहेको छ ।

संस्थामा ग्रामीण महिला दिदीबहिनीहरुलाई समूहमा आवद्ध गराइ लघु कर्जा, लघु बचत, लघु बीमा र रेमिटान्स सेवा दिइरहेको शाखा प्रबन्धक जोशीले बताए । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. ले विगत ३० वर्षदेखि देशभरका ७७ वटै जिल्लामा १८५ शाखा कार्यालय, १० क्षेत्रीय कार्यालय र काठमाडौंमा केन्द्रीय कार्यालय रहि सेवा दिइरहेको छ ।