
बैंकिङ खबर । विजय लघुवित्त वित्तीय संस्था लि. र नयाँ सारथि लघुवित्त वित्तीय संस्था लि एक आपसमा गाभिई विजय लघुवित्त वित्तीय संस्था लि.को नामबाट एकीकृत कारोंबार शुभारम्भ भएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको प्रमुख आतिथ्यतामा धुलिखेलस्थित धुलिखेल लज एण्ड रिसोर्टमा एकीकृत कारोबार सम्पन्न भएको हो ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनि रजिष्टार कार्यालयमा, कम्पनि ऐन २०६३ बमोजिम मिति २०६९/०४/२२ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको साविकको बिजय लघुवित्त वित्तीय संस्था लि र मिति २०६५/५/२६ मा दर्ता भएको साविकको नयाँ सारथी लघुवित्त वित्तीय सस्था लि एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियामवाली २०७३ (पाँचौं संशोधन २०७९) बमोजिम मिति २०८०/०३/३१ गतेदेखि गाभिई बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्रप्राप्त “घ“ बर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा बित्तिय कार्यक्रम संचालन गर्नेछ ।
अबका दिनमा यस संस्थाले करिब १४० शाखा कार्यालयबाट करिब ६०० कर्मचारीमार्फत देशका ५० भन्दा बढी जिल्लाहरुका १ लाख चालिस हजार भन्दा बढी सदस्यहरुलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्ने संस्थाले जनाएको छ ।



