Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीतिमा निर्यात व्यापार प्रवर्द्धनको योजना समेट्न सुझाव

२०८० असार २९ गते

बैंकिङ खबर/आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नेपालको निर्यात व्यापार प्रबर्द्धनको योजना बनाउन व्यवसायीले राष्ट्र बैंकलाई सुझाव दिएका छन् । कार्यवाहक गभर्नर निलम ढुंगानालाई भेटी नेपाल निर्यात व्यावसायी महासंघले देशको अर्थतन्त्र सुदृढिकरणका लागि निर्यात बढाउनुको विकल्प नरहेको भन्दै नीतिमा समेट्नुपर्ने विषयबारे सुझाव दिएको हो । महासंघका अध्यक्ष शंकर पाण्डेको नेतृत्वमा गएको टोलीले कार्यवाहक गभर्नर ढुंगानालाई मौद्रिक नीतिमा सकेट्नुपर्ने विषयबारे जानकारी गराएका हुन् ।

स्वदेशी उत्पादनको निर्यात बढाउन सकिए मात्रै अर्थतन्त्र सहि बाटोमा आउने बताउँदै महासंघका अध्यक्ष पाण्डेले निजी क्षेत्रको तत्परतालाई साथ दिनेगरी नीति आउनुपर्ने बताए । नेपालले विभिन्न देशबाट खाद्य र उपभोग्य वस्तुहरु आयात गरे पनि त्यसको अनुपातमा निर्यात गर्न नसक्दा व्यापार सन्तुलन गुमेको अवस्था छ । नेपालमा उत्पादित वस्तु विदेशमा निर्यात गर्नसके मात्रै मुलुकको अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि हुने र वैदेशिक मुद्रा आर्जन हुने भएकाले सोहै अनुसारको नीति लिन महासंघले राष्ट्रबैंकलाई सुझाव दिएको हो । महासंघको सुझाव सकारात्मक भएको भन्दै कार्यवाहक गभर्नर ढुंगानाले निर्यातलाई सहज हुनेगरी नीति तय गर्ने आश्वासन दिइन् ।