Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘लक्ष्मी सनराइज बैंक’को अध्यक्षमा रमण नेपाल र सीईओमा अजय शाह नियुक्त

२०८० असार २९ गते

बैंकिङ खबर/लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । एकीकृत कारोबार पश्चात् बनेको लक्ष्मी सनराइज बैंकको पहिलो बैठकले अध्यक्षमा नेपाल चयन गरेको हो । अध्यक्ष नेपाल साविक लक्ष्मी बैंकको अध्यक्ष समेत थिए ।

यस्तै लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अजय बहादुर शाहलाई नियुक्त भएका छन् । शाह साविकको लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्ने सहमति भएको थियो ।

लक्ष्मी बैंकबाट हालका अध्यक्ष नेपाल, सञ्चालकहरु डा.मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बनेका हुन् । यस्तै, सनराइज बैंकबाट इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बनेका छन् ।

हाललाई दुगडको सञ्चालक पद रिक्त राखिएको छ । उनले कर्जा चुक्ता गरेपछि मात्रै सञ्चालक समितिको बैठकमा उपस्थित हुन पाउने छन् ।पहिलो साधारणसभा सम्पन्नपछि सञ्चालक समिति ५ सदस्यीय हुनेछ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने बैंकले बताएको छ ।