बैंकिङ खबर/अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदर बढाउने र घटाउने विषयमा मिलेमतो देखिएको बताएका छन्। नेपालको बित्तीय सस्था कर्मचारी संघले आयोजना गरेको नेपालको वित्तिय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। बैक संचालक नै ब्यवसायी हुदा कर्जा उत्पादनमा जान नसकेको उनले बताए।
पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएकाले मौद्रिक नीति अलि लचिलो आउने संकेत गरे। ‘अर्थतन्त्रमा सुधार देखिएकाले मौद्रिक नीति खुकुलो हुने देखिएको छ’, उनले भने, ‘अहिले बैकहरुमा रहेको तरलता थप चलाउने गरि मौद्रिक नीति आउँछ।’ उनले बजेट ल्याउनका लागि मात्र नभएर कार्यन्वयन गर्नका लागि ल्याएका बताए।