Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

समिट र नेसनल लघुवित्त बीचको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

२०८० असार २५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले समिट लघुवित्त र नेशनल माइक्रोमाइनान्स लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।

राष्ट्र बैंकले गत असार २२ गते पत्र पठाउँदै दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यसअघि गत पुस ७ गते यो मर्जरलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

यी दुवै लघुवित्तबीच गत असार ६ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो। यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।

दुवै लघुवित्तको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुनेछन्।