Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई स्वस्थ राख्दै बजार माग उकास्ने नीति अवलम्वन गर्नुपर्छ’

२०८० असार २१ गते

बैंकिङ खबर/नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि बजेटको सोचअनुरुप औद्योगिक वातावरणमैत्री मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले राष्ट्र बैंकले मूल्यवृद्धिको लक्षित सीमामा २ प्रतिशतको लचकतालाई दृष्टिगत गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताए। उनले निजी क्षेत्रको कर्जा बिस्तारमा मौद्रिक नीतिले जोड दिन आवश्यक रहेको पनि बताए।
उनले राष्ट्र बैंकले उद्योगीहरु बचाउँदै आर्थिक गतिविधि बढाउन र लक्षित आर्थिक वृद्धि हाँसिल गर्न बैंकिङ क्षेत्रलाई स्वस्थ राख्दै समग्र बजार माग उकास्ने नीति अवलम्वन गर्नुपर्ने खाँचो रहेको बताए। मूल्यवृद्धिलाई लक्षित सीमामा राख्दै रोजगारी सिर्जना हुने वातावरण निर्माण गर्ने नीति तय गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

अर्थ व्यवस्थालाई मन्दीबाट बाहिर ल्याउनका लागि राष्ट्र बैंकले दोहोरो प्रकृतिको मौद्रिक नीति लिनुपर्ने उनको भनाइ थियो। अध्यक्ष अग्रवालले अर्थ व्यवस्थालाई मन्दीबाट बाहिर ल्याउनका लागि राष्ट्र बैंकले दोहोरो प्रकृतिको मौद्रिक नीति लिनुपर्ने बताए। उनले मूल्यवृद्धि नियन्त्रण गर्न संकुचित मौद्रिक नीति आवश्यक रहेको र समग्र माग वृद्धि तथा रोजगारी सिर्जना गर्न खुकुलो मौद्रिक नीति आवश्यक रहेको बताए।