Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीति खुकुलो हुनुपर्छ : अध्यक्ष ढकाल

२०८० असार २१ गते

बैंकिङ खबर/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको लक्ष्य, उद्देश्य पूरा गर्नको लागि आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो हुनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘बजेटको लक्ष्य, उद्देश्य पूरा गर्नको लागि आउने मौद्रिक नीति खुकुलो हुनुपर्छ। यो कसरी हुनसक्छ भन्ने सुझाव पनि दिएका छौँ। जस्तो अहिले फिक्स डिपोजिट र सेभिङको ५ प्रतिशत फरक हुनुपर्छ भन्ने छ,’ उनले भने, ‘यसलाई चेन्ज गरेको अवस्थामा जस्तो बैंक तथा वित्तीय संस्थाले ब्याज मुद्धतिमा बढाउँदा अधिकांश वचतमा रहेको डिपोजिट फिक्समा कन्भर्ट भएको छ।’

उनले अवधि अनुसारको मुद्धति रेट बनाएर वा फक्स डिपोजिट र सेभिङको ५ प्रतिशतको फरक हटाएर भएपनि अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिए। उनले राष्ट्र बैंकको पोलिसी रेट २० प्रतिशत रहेको र त्यसलाई १५ प्रतिशतमा झारेर भएपनि अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताए।

‘जबसम्म यो फिक्समा कन्भर्ट भएको डिपोजिट छ, त्यसको मेचुअर पिरेड नआउने बेलासम्म, मेचुअर पिरेडको टाइम दिइरहेको छ, त्यो फिक्सको रेटक घट्ने अवस्था छैन। मुद्धति एकै किसिमको रेट छ, त्यो अवधि अनुसारको मुद्धति रेट हुनुसक्छ,’ ढकालले भने, ‘५ प्रतिशतको फरक हटाउँदा हुनसक्छ, पछि आफ्नो ठाउँमा लग्ने हिसाबले। राष्ट्र बैंकको पोलिसी रेट २० प्रतिशत छ त्यसलाई १५ प्रतिशत गर्ने हो की। बेस रेट घट्नुपर्छ। वर्किङ क्यापिटल गाइडलाइन जो राष्ट्र बैंकले ल्यायो, त्यसले बैंक तथा वित्तीय संस्थहरु खास गरेर कमर्सियल बैंक र व्यवसायीमा राम्रै लेसन लर्न गरेको छ।’