July 4th, 2023

लघुवित्त सम्बन्धी केहि गुनासो छ ?, राष्ट्र बैंकले स्थापना गर्‍यो छुट्टै डेस्क

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले लघुवित्तका सदस्यहरुको गुनासो सुन्न छुट्टै डेस्क स्थापना गरेको छ । लघुवित्त समस्या समाधानका लागि समिति नै बनाएर अध्ययन गरिरहेको केन्द्रीय बैंकले सदस्यहरुको गुनासो सुन्न छुट्टै डेक्स स्थापना गरेको जनाएको छ ।

लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरुले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्क स्थापना भएको हो ।

राष्ट्र बैंकका अनुसार पैसा नलाग्ने फोन नम्बर १८१०५००००२२ मार्फत गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो दर्ता गर्न सक्नेछन् । यस्तै राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टलबाट वा इमेल मार्फत पनि गुनासो दर्तौ गर्न सकिने छ । साथै नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

Notice Laghubitta Final