Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साना किसान र आरएमडीसी लघुवित्तले असार २४ गतेदेखि एकीकृत कारोबार गर्दै

२०८० असार १८ गते

बैंकिङ खबर/ साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एक गाभिने भएका छन् ।
यी दुई कम्पनीलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले सोमबार अन्तिम स्वीकृति दिएको हो ।

सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले आगामी असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने गरी यी दुई कम्पनीलाई मर्जरको स्वीकृति दिएको जनाएको छ । मर्जर पश्चात् कम्पनीको नाम साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिडेट रहनेछ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने-गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन, २०७९) को विनियम ११ को उप–विनियम (७) बमोजिम दुई लघु वित्त कम्पनी मर्जरमा जान लागेकाले सर्वसाधारणका लागि जानकार दिइएको बैंकले जनाएको छ ।