Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

विजय र नयाँ सारथी लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृति

२०८० असार १७ गते

बैंकिङ खबर/ विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जमा जानका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।

राष्ट्र बैंकको स्वीकृतिसँगै दुवै संस्थालाई मर्जरमा जान असार १५ गते अन्तिम स्वीकृति दिएको हो । गत चैत २८ गते सम्पन्न साधारण सभाले दुवै संस्था एक आपसमा मर्जमा जाने प्रस्ताव पारित गरेका थिए ।

दुई संस्थाबीच गाभ्ने गाभिने मर्जरसम्बन्धी समझदारी पत्रमा मंसिर २६ गते नै हस्ताक्षर भइसकेको छ । दुवै संस्था १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।