June 27th, 2023

बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नवीकरण गर्न प्राधिकरणको आग्रह

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स नवीकरण गर्न आग्रह गरेको छ । प्राधिकरणले २०७९ कात्तिक २१ गते भन्दा अघि दर्ता तथा नवीकरण भएका सम्पुर्ण अभिकर्ता र सर्भेयरहरुलाई लासेन्स नवीकरण गर्न आग्रह गरेको हो । प्राधिकरणले बीमा ऐन २०७९ को दफा ९४ अनुसार २०८० मसान्त भित्र आफ्नो इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको हो । उक्त समय पश्चात पनि इजाजतपत्र नवीकरण नगराउने अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र स्वतः रद्ध हुने प्राधिकरणले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]