Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

शान्ति सुरक्षाको माग राख्दै लघुवित्त बैंकर्स संघद्वारा सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०८० असार ११ गते

बैंकिङ खबर/नेपाल लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षाको माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल लघुवित्त बैंकर्स संघका पदाधिकारीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई ज्ञापन पत्र बुझाएका हुन् । पछिल्लो केही समयदेखि लघुवित्त वित्तीय संस्थाहरुको विरुद्धमा केही ब्यक्ति तथा समूहले लघुवित्त बिरुद्धको संर्घष समिति नामको अवैधानिक समूहमार्फत संस्थाहरुकोे कार्यालयमा ताल्चा लगाउने, कर्मचारीहरु माथि हातपात गर्ने, लघुवित्त कार्यक्रम बन्द गर्न लगाउने र विभिन्न धम्की दिएर कर्मचारीहरुको मनोबल गिराउने जस्ता अराजक गतिविधि भैरहेको जानकारी गराउँदै संघले देशका ७७ वटै जिल्लामा कर्मचारीहरुमार्फत ज्ञापन पत्र बुझाएका छन् ।

पदाधिकारीले देशभर पछिल्लो समय घटेको घटनाले आम लघुवित्तकर्मी तथा नागरिकहरुमा त्रासको वातावरण सृजना भएको र त्यस्ता अराजक गतिविधिले देशको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेकोले विभिन्न समूहका कार्यक्रमलाई बन्द गराइ लघुवित्तकर्मीहरुलाई तत्काल शान्ति सुरक्षा कायम गर्न माग गर्दै सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट नै ज्ञापन पत्र बुझाइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी उपाध्यायले यस घटनाप्रति ध्यानाकर्षण भएको र लघुवित्तको क्षेत्रमा जानकार रहेकोले त्यसको समस्याको समाधानको लागि आफू प्रतिबद्ध रहेको लघुवित्त संघका पदाधिकारीहरुलाई आश्वासन दिएका छन् ।