Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

११ महिनामा बाहिरियो १४ खर्ब, व्यापार घाटा १३ खर्ब

२०८० असार ७ गते

बैंकिङ खबर/ चालू आर्थिक वर्ष (२०७९/८०) को जेठसम्ममा (११ महिना) नेपालले १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख ७१हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ। यो गत वर्षको तुलनामा १६.६५ प्रतिशतले कमी हो। गत आर्थिक वर्ष (२०७८/०७९) को सोहि अवधिमा १९ खर्ब ४९ अर्ब ६ करोड एक लाख १४ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो।

चालू आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख २६ हजार रुपैयाँको आयात गरेको छ। यो गतवर्षको तुलनामा १६.१ प्रतिशतले कमी हो। यस्तै १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपैयाँको निर्यात गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधीको तुलनामा २२.७४ प्रतिशतले कमी हो। जसअनुसार देशको व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख ८२ हजार रुपैयाँ रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

गत वर्षको सोही अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँको आयात भएको थियो भने १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँको निर्यात भएको थियो। जस अनुसार देशको वैदेशिक व्यापार घाटा १५ अर्ब ७७ खर्ब ३८ करोड ६० लाख ७८ हजार रुपैयाँ रहेको विभागको तथ्यांकमा छ।