
बैंकिङ खबर/ पूर्वबैंकर अनिल केशरी शाह राजनीतिमा प्रवेश गरेका छन् । रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा पूर्वबैंकर शाह पार्टीमा प्रवेश गरेका हुन् ।
सभापति रवि लामिछानेले उनलाइ पार्टीमा स्वागत गरे । रास्वपामा प्रवेश गरेसँगै उनले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। शाहले ३ दशक बढी बैंकिङ क्षेत्रमा बिताएका थिए।
उनी नबिल बैंक र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि निभाएका थिए। अब शाह सक्रिय राजनीतिमा होमिएका छन्।


