Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुले प्रशिक्षार्थी कर्मचारीलाई संवेदनशील क्षेत्रमा पहुँच दिएः राष्ट्र बैंक

२०८० असार ७ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंकहरुले प्रशिक्षार्थी कर्मचारीलाई कोर बैंकिङ सिस्टमजस्तो संवेदनशील क्षेत्रमा प्रयोगकर्ताको रूपमा समेत पहुँच दिइएको जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरूको गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक सुपरीवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो।
यो राष्ट्र बैंकको एकीकृत निर्देशिकाविपरीत हो ।रेमिट्यान्स मुद्दती खाता खोल्न आवश्यक रेमिट्यान्स आयस्रोत खुल्ने कागजातविना नै ग्राहकको स्वघोषणाका आधारमा खाता खोलिएको पाइएको छ ।

धेरैजसो बैंकका शाखामा एउटै कर्मचारीको भरमा एटिएम र पिन नम्बरलाई निगरानीमा राखिएको छ । त्यस्तै, सीसीटीभीको उचित व्यवस्थापन नभएको पाइएको छ । ९० दिनभन्दा कम अवधिको प्रमाण राख्ने र स्पष्ट दृश्य नआउने खालमा सिसिटिभी जडान गरिएको प्रतिवेदनमा उल्लेख छ ।