
बैंकिङ खबर/अधिकांश विकास बैंकहरुको दश महिनाको अवधिमा नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्म ४ अर्ब २९ करोड ७ लाख रुपैयाँ नाफा गरेका छन्। गत वर्ष यसै अवधिमा विकास बैंकहरुले ५ अर्ब ७७ करोड ५ लाख रुपैयाँ नाफा गरेका थिए। गत वर्षको त्यही अवधिको तुलनामा विकास बैंकको नाफा १ अर्ब ४८ करोड कम हो। विकास बैंकहरुको रिकोभरी हुन नसक्दा कर्जा नोक्सानी (प्रोभिजन) बढ्न गई अधिकांश बैंकको नाफा गिरावट आएको हो।
कर्पोरेट डेभलपमेन्ट बैंक र साइन रेशुङा डेभलपमेन्ट बैंकले गत वर्षको तुलनामा चालु आवमा नाफा बढाउन सफल भएका छन्। अन्य विकास बैंकको नाफामा भने गिरावट देखिएको छ। महालक्ष्मी विकास बैंकले चालु आवको वैशाख मसान्तसम्म ४५ करोड ५ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ८० करोड नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंकको नाफा आधा नै घटेको छ।
कर्णाली डेभलपमेन्ट बैंकले १ करोड २ लाख लाख नाफा गरेको छ। साग्रिंला डेभलपमेन्ट बैंकले २९ करोड ७ लाख नाफा गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ४४ करोड ४ लाख नाफा गरेको थियो। मितेरी डेभलपमेन्ट बैंकले १० करोड नाफा गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ११ करोड ५ लाख नाफा गरेको थियो।
मुक्तिनाथ विकास बैंकले ९५ करोड ७ लाख नाफा गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले १ अर्ब १४ करोड नाफा गरेको थियो। गरिमा विकास बैंकले ६९ करोड नाफा गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ८७ करोड ९ लाख नाफा गरेको थियो।
कामना सेवा विकास बैंकले ३७ करोड नाफा गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ५८ करोड २ लाख नाफा गरेको थियो। कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ६ लाख नाफा गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ८ लाख नाफा गरेको थियो।
ज्योति विकास बैंकले २८ करोड ९ लाख नाफा गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ६० करोड २ लाख नाफा गरेको थियो। साइन रेसुङा डेभलपमेन्ट बैंकले ६१ करोड ८ लाख नाफा गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ५४ करोड ८ लाख नाफा गरेको थियो। लम्बिनी विकास बैंकले ४७ करोड ७ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ५६ करोड ७ लाख रुपैयाँ नाफा गरेको थियो।




