Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको छः स्वर्णिम वाग्ले

२०८० असार ५ गते

बैंकिङ खबर/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले ब्रोकर लाइसेन्समा आशंका उब्जिएको बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा वाग्लेले नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको थाहा भए पनि ब्रोकर लाइसेन्समा भने आशंका उब्जिएको बताए ।

“नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको हामी सबैलाई थाहा छ । हामीलाई पनि यो जानकारी आउँछ । बोर्डका अध्यक्षज्यूको कुरा सुन्दा ब्रोकर लाइसेन्समा भने आशंका उब्जियो,” उनले भने, “बाहिर मापदण्ड पूरा नगरेकालाई पनि लाइसेन्स दिएको भन्ने सुनिएको छ ।”

ब्रोकर बढी खोल्न दिए प्रतिस्पर्धा बढ्ने र सेवाग्राहीले लाभ लिन सक्ने उनको भनाइ छ । अर्थशास्त्रीय सिद्धान्त पनि यही भएको भन्दै उनले उत्पादकलाई सुविधा दिनुपर्नेमा जोड दिए । अहिले एउटैले लाइसेन्समा राज गर्ने गरेको भन्दै यो अवस्था हटाउनुपर्ने उनले बताए ।