
बैंकिङ खबर/ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को चौथो साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वीरबहादुर अधिकारीको अध्यक्षतामा द एस आर होटल रुपन्देहीमा साधारणसभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन पारित गरिएको छ । साथै लाभांस समेत पारित गरिएको छ । संस्थाले यस वर्ष हाल कायम गरिएको चुक्ता पुँजी १६ करोडको आधारमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभान्स पारित गरिएको छ ।
संस्थाले यस वर्ष २ करोड २८ लाख लाभांस वितरण गरेको छ । यस साधारण सभा पश्चात संस्थाको चुक्तापुँजी १८ करोड २८ लाख रहनेछ । संस्थाले तपशिल बमोजिमका प्रस्तावहरु पारित गरिएको छ ।
सामान्य प्रस्तावहरु
क).सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरिएको छ ।
ख).लेखापरिक्षण प्रतिवेदन सहितको २०७९ असार मसान्त सम्मको वासलात, नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गरिएको छ ।
ग).बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८÷०७९को लेखापरीक्षणको नियुक्त गर्ने र निज पारिश्रमिक निर्धारण गर्ने ।
घ).सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको बोनस शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि २०७९ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी रु.१६ करोड को ०.७५ प्रतिशतले आउने रकम रु.१२ लाख नगद लाभांश शेयरधनिलाई वितरण गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।
विशेष प्रस्तावहरु
क).सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७९ असार मसान्त सम्ममा कायम रहेको चुक्ता पुँजी रु १६ कराड को १४.२५ प्रतिशतले हुन आउने रु २ करोड २८ लाख बोनश सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।
ख).वित्तीय संस्थाको जारी पूँजी र चुक्ता पुँजी बृद्धि गर्ने र सो बमोजिम वित्तीय संस्थाको प्रबन्ध पत्र २०७५को दफा ६(ख) र ६(ग) मा संशोधन गर्ने प्रस्ताब स्वीकृत गरिएको छ ।
ग).यस वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त “घ” वर्गको अन्य लघुवित्त बित्तीय संस्थाहरुसगँ गाभ्ने ( मर्जर) तथा प्राप्ती ( एक्विजिशन) सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।
घ).वित्तीय संस्थाको प्रबन्धपत्रमा गरिएको संशोधन सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सोहि बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव स्वीकृती गरिएको छ ।
उक्त कार्यक्रममा सेयर सदस्यहरु, शान्ति शर्मा, कमला देवि गिरी, विश्व श्रेष्ठ , राजु पौडेल लिलाधर बराल, भिम प्रसाद सुवेदी, दान बहादुर गुरुङ, कृष्ण थापा, राजेन्द्र गिरीले सोधेका जिज्ञासा माथी प्रमुख कार्यकारी अधिकृत बिमला योगी र अध्यक्ष वीरबहादुर अधिकारीले स्पष्ट पार्नु भएको थियो ।
अध्यक्षद्वारा प्रस्तुत पेश गर्नुभएको प्रस्ताबहरु सर्वसहमतिमा पारित गरियो । प्रमुख कार्यकारी अधिकृत बिमला योगीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम सञ्चालन संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अशोक कुमार आर्चायले गर्नुभएको थियो ।




