
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रहेका स्वामित्व घटाउँदै लगेको छ । राष्ट्र बैंकको नेप्सेमा रहेको १४.६ प्रतिशत रहेको स्वामित्व घटाउँदै ९.५ प्रतिशतमा झारेको छ। राष्ट्र बैंकले नेप्सेको स्वामित्व घटाउँदै जाँदा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले स्वामित्व बढाउँदै लगेको छ। नेप्सेमा वाणिज्य बैंकको ११.२१ प्रतिशत सेयर हिस्सा पुगेको छ। सरकारी संस्थाले सरकारी संस्थालाई नै ‘जी टू जी’ मोडलअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सेयर बिक्री गरेको हो।


