Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा सम्पन्न

२०८० असार ३ गते


बैंकिङ खबर/ नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा धादिङ्ग जिल्लाको धादिङ्ग क्रिक रिसोर्ट धादिङ्गबेशीमा सम्पन्न भएको छ ।

सञ्चालक समितिको तर्फबाट सन्चालक समितीका अध्यक्ष केशवप्रसाद आचार्यज्युले प्रस्तुत गर्नुभएको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले समीट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपसमा गाभ्ने – गाभिने (मर्जर) सम्बन्धि विशेष प्रस्ताव सहितको प्रतिवेदन विशेष साधारण सभाले पारित गरेको छ ।

मर्जर पश्चात कम्पनीको नाम “नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड” हुने र संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका, वडा नं. १० मा रहने छ । एकीकृत कारोवार पश्चात संस्थाको अधिकृत पुँजी रु. १ अर्व ५० करोड र चुक्ता पूंजी रु. १ अर्ब ८ करोड पुग्ने छ ।

त्यसैगरी, मर्जर पश्चात संस्थाको शाखा सञ्जाल देशै भरीका ७४ जिल्लामा कुल २०६ वटा, कुल ग्राहक सदस्य संख्या २ लाख १५ हजार, लगानीमा रहेको कर्जा रु. १७ अर्व २२ करोड तथा ग्राहक सदस्यहरुबाट संकलित बचत रु. ४ अर्व ४८ करोड भन्दा बढी पुग्ने छ ।

मर्जर पश्चात वित्तीय तथा आउट रिचका हिसावले संस्था अझवढी सवल र जोखिम वहन गर्न सक्ने क्षमतामा अभिवृद्धि भई अवका दिनमा बिशेष गरि क्रेडिट प्लस एक्टिभिटिजमा फोर्स गरी सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधीको उच्चतम प्रयोग गरि अगाडी बढने योजना रहेको कुरा संस्थाका प्रमुख कार्यकारी राम बहादुर यादवले वताउनु भयो ।

साथै कार्यक्रममा संस्थापक शेयरधनी ठाकुर प्रसाद पौडेल तथा प्रकाश भुषालले आफ्नो सुझाव, सल्लाह तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।