June 18th, 2023

लुम्बिनी प्रदेशको अर्ध–वार्षिक प्रतिवेदनः कर्जा प्रवाह ०.३५ प्रतिशतले वृद्धि

बैंकिङ खबर/लुम्बिनी प्रदेशमा कर्जा प्रवाह ०.३५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को अर्ध–वार्षिक (२०७९ साउनदेखि २०७९ पुस मसान्तसम्म) तथ्यांक अनुसार यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिको तुलनामा ०.३५ प्रतिशतले वृद्धि भई रु. ५ खर्ब ५० अर्व ६ करोड ९४ लाख पुगेको छ भने २०७९ असारको तुलनामा २.९२ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा-निक्षेप अनुपात १२७.२४ प्रतिशत रहेको छ ।  समीक्षा अवधिमा कुल कर्जामा रुपन्देही जिल्लाकोसबैभन्दा धेरै ४८.४८ प्रतिशत हिस्सा रहेको छ भने रुकुमपूर्व जिल्लाकोसबैभन्दा कम ०.१४ प्रतिशत हिस्सा रहेको छ ।

त्यसैगरी, समीक्षा अवधिमा कर्जा-निक्षेप अनुपात सबैभन्दा धेरै १७८.२९ प्रतिशत बाँके जिल्लामा रहेको छ भने सबैभन्दा कम ३३.३१ प्रतिशत अर्घाखाँची जिल्लामा रहेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा ऋणीहरुको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ७.६६ प्रतिशतले ह्रास भई २ लाख ९१ हजार ४ सय २० पुगेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको विपन्न वर्ग कर्जा गत वर्षको सोही अवधिको तुलनामा ५.२५ प्रतिशतले ह्रास भई रु.४० अर्ब २० करोड ६२ लाख पुगेको छ भने गत अवधिमा ४४.०१ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा कुल कर्जामा विपन्न वर्ग कर्जाको ७.३१ प्रतिशत हिस्सा रहेको छ । सहुलियतपूर्ण कर्जा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको सहुलियतपूर्ण कर्जा गत वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशतले ह्रास भई रु.३० अर्ब ८१ करोड २ लाख पुगेको छ । समीक्षा अवधिमा कुल कर्जामा सहुलियतपूर्ण कर्जाको ५.६० प्रतिशत हिस्सा रहेको छ ।

हेर्नुहोस् पूर्णपाठ

2.-EAR-HY-2079-80-lumbini-province