
बैंकिङ खबर/ मधेस प्रदेश सरकारले आफ्नै वित्तीय संस्था खोल्ने भएको छ । त्यसका लागि आवश्यक पूर्वाधार, अध्ययन अनुसन्धान तथा कानुनी संरचना तयार गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै, बाग्मती प्रदेशले पनि छुट्टै वित्तीय संस्थासम्बन्धी व्यवस्था बजेट वक्तव्यमा राखेको छ । ‘प्रदेशभित्र वित्तीय साक्षारता र वित्तीय पहुँच अभिवृद्धि गर्न सङ्घीय सरकार, पालिका, वित्तीय संस्थाहरुसँगको सहकार्यमा आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । प्रदेश विकास बैंक स्थापनाका लागि अध्ययन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ’, बाग्मती प्रदेशको बजेटमा भनिएको छ ।


