June 13th, 2023

वैशाखमा एक अर्ब ३० करोडको बिमालेख समर्पण

बैंकिङ खबर/वैशाखमा १५ जीवन बिमा कम्पनीका बिमितहरूले एक अर्ब ३० करोड ८६ लाख रुपैयाँको बिमा पोलिसी सरेन्डर (बिमालेख समर्पण) गरेका छन् ।

नियमित बिमा शुल्क भुक्तानी गर्न नसकेपछि वैशाखमा १० हजार ७९७ जनाले जीवन बिमालेख समर्पण गरेका हुन् ।
नेपाल बिमा प्राधिकरणका अनुसार चैतको तुलनामा बिमालेख समर्पण गर्ने बढेका हुन् । चैतमा ९ हजार ३५८ जनाले एक अर्ब १८ करोड ६ लाख रुपैयाँको बिमालेख समर्पण गरेका थिए ।

जीवन बिमालेख समर्पण गर्नु भनेको बिमा लेख सधैँका लागि रद्द गर्नु हो । यसरी सधैँका लागि बिमालेख रद्द गर्नेमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सका दुई हजार ३८७ जना छन् । यस कम्पनीका बिमितले ३१ करोड ९८ लाख रुपैयाँको बिमालेख समर्पण गरेका छन् । एसियन लाइफ इन्स्योरेन्सका दुई हजार ६७५ जनाले ३१ करोड ८५ लाख रुपैयाँको बिमालेख समर्पण गरेका छन् ।

लाइफ इन्स्योरेन्स कम्पनीका एक हजार ४८३ जनाले १५ करोड ८५ लाख रुपैयाँको बिमालेख समर्पण गरेका छन् । त्यस्तै, राष्ट्रिय बिमा संस्थानका एक हजार ४४२ जनाले १० करोड ३४ लाख रुपैयाँको बिमालेख समर्पण गरेका छन् ।

हिमालयन लाइफ इन्स्योरेन्सका ५७७ जनाले बिमितले १० करोड ३६ लाख रुपैयाँको बिमालेख समर्पण गरेका छन् । बिमा गरेको तीन वर्ष पूरा भएपछि नियमित बिमा शुल्क भुक्तानी गर्न नसक्नेहरूले बिमालेख समर्पण गर्ने गरेका छन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]