Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु र महालक्ष्मीलाई मर्जरमा जान अन्तिम स्वीकृति

२०८० जेष्ठ ३० गते

बैंकिङ खबर/ प्रभु र महालक्ष्मी लाइफले मर्जरमा जान अन्तिम स्वीकृति पाएका छन्। नेपाल बीमा प्राधिकरणले मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो । सोमबार अबेर मात्रै बीमा प्राधिकरणबाट अन्तिम स्वीकृतिको पत्र प्राप्त गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराइले बताए।

अब कम्पनी रजिष्टारको कार्यालय र धितोपत्र बोर्डबाट अनुमति पाउन बाँकी छ। यसबीचमा कुनै समस्या नआए असार २९ गते प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने उनले बताए। यी दुई कम्पनीले गत असार ३० गते एक बराबर एकको स्वाप रेसियोमा मर्जरको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।