Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले यी आधारभूत वित्तीय सेवा दिँदा ग्राहकहरुसँग सेवा शुल्क लिन नपाउने

२०८० जेष्ठ ३० गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले दुई लाख भन्दा कम रकमको चेक क्लियरिङ गर्दा र एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकसँग कुनै सेवा शुल्क लिन नपाइने स्पष्ट पारेको छ ।

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै भनेको छ, ‘आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्दछ भन्ने मान्यताको आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा,चेक जारी गर्दा, चेकको स्टप पेमेन्ट गर्दा, ब्यालेन्स सर्टिफिकेसन गर्दा, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, निष्क्रिय खाता सक्रिय गराउँदा, मोबाइल, इन्टरनेट बैंकिङको युजरनेम, पासवर्ट हराएमा, दुई लाख भन्दा कम रकमको चेक क्लियरिङ गर्दा र एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकसँग कुनै सेवा शुल्क लिन नपाइने व्यवस्था गरिएको छ भने अन्य सेवा बापतको शुल्क सोही संस्थाले निर्धारण गर्ने गर्दछन् ।’

यस्तै राष्ट्र बैंकले वित्तीय सेवाको पारदर्शिताको लागि सेवा शुल्क सम्बन्धी विवरण सार्वजनिक रुपमा जाकारी गराउनुपर्ने प्रावधान रहेकोले यी संस्थाले शुल्कसम्बन्धी विवरण आफ्नो वेभसाइटमा सार्वजनिक गर्ने गरेको उल्लेख गरेको छ । कुनै पनि सेवा लिनुअघि यससम्बन्धी विवरण अध्ययन गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।