
बैंकिङ खबर/ प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा चयन गरेको हो । उनी जीवन बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्ष हुन सफल भएकी छिन् । भट्टचन देवीप्रकाश भट्टचनको छोरी हुन् । उनी यस भन्दा अगाडि प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालक थिइन् ।
कम्पनीको जेठ २६ गते सम्पन्न भएको साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचित भएका थिए । साधारणसभाबाट अध्यक्ष शिक्षा भट्टचन सहित श्याम कृष्ण श्रेष्ठ, सुशान शेचरन र मिजास भट्टचन निर्वाचित भएका हुन् ।


