Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीतिः घरजग्गा कारोवार खुकुलो बनाउने संकेत

२०८० जेष्ठ २८ गते


बैंकिङ खबर/आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा घरजग्गा क्षेत्रलाई चलायमान बनाउन खुकुलो बनाउने तयारी गरिएको छ । यतिबेला राष्ट्र बैंकले मौद्रिक नीतिको गृहकार्यमा जुटेको छ ।

घरजग्गा क्षेत्रलाई चलायमान बनाउन मौद्रिक नीति खुकुलो बनाउने भएको हो । गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा व्यसायीलाई भेटेरै मौद्रिक नीतिका लागि सुझाव लिएका थिए ।

गभर्नर अधिकारीले घरजग्गा क्षेत्रमा आगामी मौद्रिक नीतिले खुकुलो व्यवस्था गर्ने आश्वासन दिएका छन् । राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा परेको असरलाई नजिकबाटै अनुभव गरिरहेको उनको भनाई थियो ।

नेपाल जग्गा तथा आवास विकास महासंघले गभर्नर अधिकारीलाई रियल स्टेट कम्पनीहरुलाई ‘लोन टु भ्यालु रेसियो’ ७० प्रतिशत पुर्याउन माग गरेको छ ।

महासंघ टोलीले किस्ताबन्दीमा घरजग्गा किन्नेहरुको किस्ता मूल्यांकन बढाइदिन समेत माग गरेको छ । अहिले घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा कायम जोखिम भार १५० प्रतिशतलाई घटाएर १०० प्रतिशत कायम गर्न पनि महासंघको टोलीले आग्रह गरेको छ ।