Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्विस बैंकमा नेपालीको ४७ अर्ब 

२०८० जेष्ठ २७ गते

बैंकिङ खबर/ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपालबाट स्विस बैंकमा ४७ अर्ब रूपैयाँ पुगेको भन्दै यसमा केपी ओली नेतृत्वको तत्कालीन सरकार दोषी रहेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘सन् २०१९ मा स्विस बैंकमा नेपालीको करिब २२ अर्ब रूपैयाँ रहेको भनिएकोमा अहिले बढेर ४७ अर्ब रूपैयाँ पुगेको रिपोर्ट कसरी आयो? के यो अहिलेको प्रमुख प्रतिपक्षी दल एमाले नेतृत्वको तत्कालीन सरकारका पालामा भएको घटना होइन?’

सांसद केसीले सन् २०१८ देखि २०२१ सम्म मुलुकको सार्वजनिक ऋण ८ खर्ब रहेकोमा अहिले १५ खर्ब ९१ अर्ब रूपैयाँ पुग्नुको कारण पनि ओली नेतृत्वको तत्कालीन सरकार भएको बताए।