Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारको तरल सम्पत्ति ४५ अर्ब ३८ करोडले घट्यो

२०८० जेष्ठ २७ गते

बैंकिङ खबर/सरकारको तरल सम्पत्ति घटेको छ । गत वर्षको तुलनामा ४५ अर्ब ३८ करोड रुपैयाँले घटेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिने वित्तीय विवरण सार्वजनिक गर्दै सरकारसँग अब १ खर्ब ८० करोड ४२ करोड रुपैयाँ नगद संचिती रहेको उल्लेख गरेको छ।

प्रतिवेदनमा प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत जोडेर वैशाख मसान्तसम्म सरकारसँगै १ खर्ब ८० अर्ब ४२ करोड रुपैयाँ नगद मौजातमा रहेको हो।

गत वर्ष असार मसान्तसम्ममा यस्तो रकम २ खर्ब २५ अर्ब ८० करोड रहेको थियो। यो वर्ष सरकारको नगद सम्पत्तिमा कमी आएको हो।