Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा र राष्ट्र उत्थान लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

२०८० जेष्ठ २४ गते

बैंकिङ खबर/दुई लघुवित्तलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति (एलओआइ) दिएको छ। ककनीको आशा लघुवित्त वित्तीय संस्था र बनेपाको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले मंगलबार राष्ट्र बैंकको सैद्धान्तिक सहमति प्राप्त गरेका हुन्।

दुई लघुवित्तले गत चैत २९ गते मर्जरमा जानका लागि आपसी सम्झौता गरिसकेका छन्। आशा लघुवित्तको मुख्यालय नुवाकोटको ककनीमा छ भने राष्ट्र उत्थानको काभ्रेको बनेपा-१३ साँगामा छ। आशा लघुवित्तको हालको चुक्ता पुँजी ३८ करोड १६ लाख छ भने राष्ट्र उत्थान लघुवित्तको २६ करोड चुक्ता पुँजी छ।