June 5th, 2023

प्रमलाई सांसदहरुको प्रश्न, ‘भारत भ्रमणमा भारु सटहिका बारेमा के कस्ता सहमति भए ?’


बैंकिङ खबर/प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले राष्ट्र बैंकमा रहेका भारतीय नोटको विषयमा प्रश्न उठाएका थिए । हालै मात्रै भारतको भ्रमण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले उक्त विषयमा प्रश्न उठाएका हुन् ।

बैठकमा सांसद सुनिता बरालले भनिन्, ‘प्रधानमन्त्री ज्यू नेपाली बैंकमा अलपत्र रहेको करोडौं भारतीय रुपैयाँको सटहिका बारेमा के कस्ता सहमति भए ?’

यस्तै सांसद योगश भट्टराईले झण्डै नेपालका बैंकमा झण्डै आठ करोड भारु भारतीय बैठकले कहिले लैजान्छ भन्दै प्रश्न गरेका थिए ।
केहि सांसदहरुले प्रश्न उठाएपनि प्रधानमन्त्री दाहालले भने यस विषयमा कुनै प्रतिक्रिया दिएनन् । उसो त सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दलहरुले पटक–पटक अवरोध गर्दै आएका थिए ।

नेपाल राष्ट्र बैंकमा रहेको प्रतिबन्धित भारु पाँच सय र एक हजार दरका सटही नभएका ८ करोड १० लाख नेपाली रुपैयाँ अहिले खोस्टा बन्ने अवस्थामा पुगेको छ ।

भारत सरकारले सो नोट प्रयोगमा प्रतिबन्ध लगाएको करिब ६ वर्ष बितिसक्दा पनि नेपालमा भएको नोटलाई अझै सटही नगर्दा नोक्सानी बेहोर्नु परेको छ।

वर्षौं बित्दा पनि यी नोट भारतले सटही गर्न कुनै चासो देखाएको छैन । सुरुवाती चरणमा सटही गरिएन यसपछि नेपालले जति प्रयास गरे पनि यसलाई बेवास्ता गरिरहँदा विषय नै सेलाएको छ। सरकारी तह परराष्ट्र मन्त्रालय, गभर्नरको तहबाट पहल निरन्तर भैरहेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्।

केन्द्रीय बैंकको स्टोरमा भारु ५ सय दरको नोट ३ करोड ४० लाख ७३ हजार ५ सय भारतीय रुपैयाँ छ। यस्तै, हजार दरका नोट १ करोड ६५ लाख ५२ हजार भारतीय रुपैयाँ छ। नेपालसँग अहिले ५ करोड ६ लाख २५ हजार ५ सय भारु रहेको राष्ट्र बैंकले जानकारी दिए। उक्त भारु नोटको इक्विभ्यालेन्ट नेपाली रुपैयाँमा ८ करोड १० लाख ८ सयको हुन आउँछ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]