
बैंकिङ खबर/कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले आइतबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारबाट सञ्चालित बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइने प्रदेश प्रमुख तिलक परियारले बताए ।
