विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति बन्ने दौडमा रहेका डोनाल्ड ट्रम्पको स्वभाव, लवाईखवाई, बसाई एकदमै खर्चिलो किसिमको छ । उनी एकदमै विलासी जीवन जिउँछन् । उनले राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने उद्घोष गर्दा आफ्नो सम्पत्तिबारे एउटा संक्षिप्त विवरण सार्वजनिक गर्दै उनले त्यसबेला आफूसँग ८ दशमलव ७ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको जनाएका थिए । ‘दि बिजनेस बाइवीकली’ ले भने ट्रम्पको कुल सम्पत्ति ४ दशमलव ५ अर्ब अमेरिकी डलर रहेको अनुमान गरेको छ । यता, चर्चित अमेरिकी पत्रिका फोब्र्सले डोनाल्ड ट्रम्प विश्वका १५६ औं धनाढ्य भएको बताएको छ । अघिल्लो वर्ष विश्वका सय शक्तिशाली व्यक्तिको सूचीमा उनी ७२ औं र सन् २०१३ मा सय सेलिब्रेटीमा ३० औं स्थानमा थिए ।
१. ट्रम्प टावर : ट्रम्प टावर, पाँचौं एभेन्युमा ६८ तल्लाको गगनचुम्बी भवन, ट्रम्पको प्राइड र आनन्दमध्येको एक हो । यी अग्ला भवनको माथिल्लो तल्ला ‘पेन्थाउस’, जहाँ विलासी सामानहरूले सजिएको मात्रै छैन, अति मनमोहन दृश्यहरूसमेत हेर्न सकिन्छ, त्यहीँ उनी सुत्छन् । यो भवनको ढोकामा सुन र हीरा जडित छ भने भित्र फोहरा र सिलिङलाई आकर्षक र दुर्लभ पेन्टिङहरूले सजाइएका छन् । यो बनाउनमा झन्डै ३ सय मिलियन अमेरिकी डलरभन्दा बढी खर्चिएको थियो । ‘दि जेन्टलम्यान जर्नल’ का अनुसार यसको एक टुक्रा हिस्सा भने चर्चित फुटबल खेलाडी क्रिस्टिएनो रोनाल्डोले १८ दशमलव ५ मिलियन अमेरिकी डलरमा खरिद गरिसकेका छन् । अफिसियल र रिटेलका लागि बनाएको ट्रम्प टावर–७२५ फिफ्ट एभेन्युमा ट्रम्पको आफ्नो २ लाख ४४ हजार वर्गफिट जमिनमा स्वामित्व रहेको छ । यसको कुल मूल्य ४ सय ७१ मिलियन र नेट भ्यालु ३ सय ७१ मिलियन अमेरिकी डलर छ । यो सन् १९८३ मा खोलिएको हो ।
२. दि मार-ए-ल्यागो : यसैगरी, ट्रम्पको ‘दि मार ए ल्यागो’ इस्टेट उनको महँगो ‘पाम बीच’ हो । उनले सन् १९८५ मा १० मिलियनमा यो खरिद गरेका थिए । यसमा ५८ वटा जति बेडरुम, ३३ वटा बाथरुम र ३ वटा बम सेल्टरहरू एउटा केसमा सजाएर राखिएका छन् । अहिले ट्रम्पले यसलाई एक विशेष निजी क्लबको रुपमा प्रयोग गर्दै आएका छन् । यसअघि अर्बपति ट्रम्प यहाँ करिब एक दशकसम्म बसेका थिए ।
३. ‘सेभेन स्प्रिङ्ग म्यान्सन : ‘सेभेन स्प्रिङ्ग म्यान्सन’ पनि ट्रम्पको सबैभन्दा महँगो जायजेथामध्ये पर्छ । उनले दुई दशकअघि मात्रै सापेक्षित रूपमा धेरै सस्तोमा खरिद गरेका थिए । अहिले यसको मूल्य धेरै भइसकेको छ । ट्रम्पले ७ दशमलव ५ मिलियन डलरमा न्युयोर्कको बेडफर्डमा खरिद गरेको यो दरबार २ सय १३ एकडमा बनाइएको छ । सुरुमा उनले यसलाई गल्फ कोर्समा विकसित गर्न चाहेका थिए । तर पछि ३९ हजार वर्ग फुट लामो विशाल दरबार आफ्ना परिवारका लागि गर्मीमा बस्ने घरमा परिवर्तन गरे ।
४. ट्रम्प विनेरी : ‘ट्रम्प विनेरी’ उनको अर्को चर्चित प्रोपर्टी हो । यो भर्जि्नियाको चाललोटसभिल्लेमा छ । यहाँ जमिनको मूल्य मात्र ३ दशमलव ६ मिलियन रहेको छ, जुन उनको कुल सम्पत्तिको २५ प्रतिशत मात्रै हो । ट्रम्पले अर्बौंको सम्पत्ति जोड्छन् तर पछि ती सबैलाई जम्मा गरेर राख्दैनन् । यसो गर्नुको कारण उनी आफ्नो वास्तविक सम्पत्तिलाई विभाजन गरी रियलस्टेट खरिदमा लगाउनु हो ।
५. प्राइभेट जेट : उनी सय मिलियन अमेरिकी डलर खचेर प्राइभेट जेटमा चढ्ने गर्छन् । ती जेटभित्र एउटा लाउन्ज, बेडरुम र बाथरुम हुन्छ । उनी महँगा र बिलासिताका लागि सजाइएका जेटमा मात्रै चढ्दैनन् आफैंले खरिद गरेको एयरक्राफ्टमा पनि यात्रा गर्छन् । उनीसँग ७ मिलियन अमेरिकी डलरको एउटा निजी हेलिकप्टर छ । उनी चढ्ने हेलिकप्टरमा २४ क्यारेटको सुनको जलप हार्डवेयरदेखि सिटबेल्ट र ह्यान्डमा लगाइएको छ ।
६. कार तथा बाइक सौख : यति मात्रै होइन, ट्रम्प रोल्स रकीका फ्यान भएकाले मर्सिडिज–बेन्ज एसएलआर मैकल्यारेनको प्रयोग गर्छन् । त्यस्तै, उनले निलो डियाब्लो पनि खरिद गरेका छन् । ट्रम्पसँग एउटा ‘कस्टम गोल्ड मोटरबाइक’ समेत रहेको र यसमा २४ क्यारेटको सुन जडित छ ।
७. अन्य प्रोपर्टी : ट्रम्पका अन्य प्रोपर्टीहरूमा कुल मूल्य १ सय ९१ मिलियन अमेरिकी डलर पर्ने ‘ट्रम्प पार्क एभेन्यु,’ कुल मूल्य २ दशमलव ३१ अर्ब अमेरिकी डलर पर्ने ‘१२९० एभ अफ अमेरिकाज’ लगायत छन् । एजेन्सीहरुको सहयोगमा



