Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विदेश अध्ययन गर्न जाने विद्यार्थीले विदेशी मुद्रा साट्दा लाग्ने शुल्क बढ्यो

२०८० जेष्ठ १६ गते

बैंकिङ खबर/ विदेशमा अध्ययन गर्न जाने विद्यार्थींले विदेशी मुद्रा सटही गर्दा त्यस्तो सटही रकममा लाग्ने शिक्षा सेवा शुल्क बढेको छ ।
आर्थिक विधेयक २०८० अनुसार अब विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क वापत विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा तीन प्रतिशत शिक्षा सेवा शुल्क लाग्ने छ ।

यसअघि यो रकम २ प्रतिशत थियो । विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैंक वा वित्तीय संस्थाले शिक्षण सेवा शुल्क वापत संकलन गरेको रकम अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी त्यसको विवरण राजस्व कार्यालयमा पठाउनु पर्ने भएको छ ।