Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आर्थिक वृद्धि ६ प्रतिशतको लक्ष्य, मुद्रास्फीति ६.५ प्रतिशतमा राख्ने

२०८० जेष्ठ १५ गते

बैंकिङ खबर/ आगामी आर्थिक वर्षका लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अवस्थामा सुधार आई सो आर्थिक वृद्धिको लक्ष्य पुरा हुने बताएका हुन्। यस्तै मुद्रास्फिती ६‍.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य सरकारको छ। आर्थिक वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो भने मुद्रास्फीतिलाई ७ प्रतिशतमा राख्ने लक्ष्य लिएको थियो।

अर्थतन्त्रमा सिर्जना भएको गतिशीलता, पुनरुत्थान, निजी क्षेत्रको उत्साहप्रद लगानी र सरकारद्धारा आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको लगानीबाट आगामी आर्थिक वर्ष ६ प्रतिशतले आर्थिक वृद्धि हुने अपेक्षा राखेको अर्थमन्त्री महतले जानकारी दिए। सरकारले लिएको आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्व सहितको सन्तुलित आर्थिक नीतिले संस्थागत विकास सहितको दिगो विकासको आधार सिर्जना हुने उनको भनाई छ। उल्लिखित आर्थिक वृद्धि हासिल गर्न र समष्टिगत आर्थिक स्थायित्व कायम गर्न मुद्रास्फीतिलाई ६.५ प्रतिशतमा सीमित राख्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने भएको छ।