Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्टाटर्अपलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड रूपैयाँकाे विनियोजन

२०८० जेष्ठ १५ गते

बैंकिङ खबर/ सरकारले स्टाटर्अपलाई प्रोत्साहन गर्न १ अर्ब २५ करोड रूपैयाँकाे विनयोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट आज पेस गर्दै बताएका हुन् ।

भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डलाई स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहन गरिने पनि अर्थमन्त्रीले बताए । नयाँ कम्पनी दर्ता गर्दा लाग्दै अाएकाे शुल्क अबदेखि कुनै शुल्क र दस्तुर नलाग्ने भएकाे छ । । न्यूनतम एक सय रूपैयाँ अधिकृत पूँजी घाेषणा गरेर पनि कम्पनी खाेल्न सकिने कानुनी व्यवस्था गरिने पनि अर्थमन्त्रीले बताए ।

यसैगरी, अनलाइनबाट कम्पनी दर्ता र खारेजी गर्न सकिनेछ । स्टार्टअप इकोसिस्टम विकास गरिनेछ । वैदेशिक लगानीलाई पनि प्राेतसाहन गरिने भएकाे छ ।

 

Ad