Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कर्जा दिन नसक्ने अवस्थामा यी विकास बैंक

२०८० जेष्ठ ११ गते


बैंकिङ खबर/आधा दर्जन विकास बैंक कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा रहेका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ । सो अनुसार बैंकहरुले सीडी रेसियो ९० प्रतिशतसम्म लगानी गर्न पाउँछन्।

अहिले कर्पोरेट डेभलपमेन्ट बैंकको सीडी रेसियो ९९.५७ प्रतिशत छ । त्यसैगरी ज्योति विकास बैंकको सीडी रेसियो ८७.४० प्रतिशत, लुम्बिनी विकास बैंकको ८९.४० प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ८९.३० प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९९.५७ प्रतिशत, नारायणी विकास बैंकको ८८.८८ र साल्पा विकास बैंकको ८८.५५ प्रतिशत छ।

आर्थिक वर्ष २०७९/८० को चैत मसान्तमा आधा दर्जन विकास बैंकको प्राथमिक पुँजी अनुपात (सीसीएआर) १० प्रतिशत तल देखिएको छ। चालु आ.व.को तेस्रो त्रैमासिकमा मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट, कामना सेवा र कर्णाली डेभलपमेन्ट बैंकको सीसीएआर १० प्रतिशत कम छ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूले ६ प्रतिशत प्राथमिक पुँजी र ४ प्रतिशत पूरक पुँजी (क्यापिटल कन्जरभेसन बफर) गरी १० प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको छ। जसअन्तर्गत प्राथमिक पुँजी अनिवार्य व्यवस्था हो। त्यही व्यवस्थाअनुसार सीसीएआर र सीएआर गरी १० प्रतिशत नपुगे राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँदै आएको छ।

Ad