May 25th, 2023

सिटिजन्स बैंकमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/ सिटिजन बैंकमा पदमा रोजगारीको अवसर खुलेकाे छ । बैंकले म्यानेजमेन्ट प्रशिक्षार्थी, प्रशिक्षार्थी सहायक र कानूनी तथा सेयर शाखाका लागि प्रशिक्षार्थी सहायक पदका लागि रोजगारीको खुलाइएको हो । बैंकका विभिन्न शाखाहरुमा खाली रहेका पदहरुका लागि रोजगारी खुलाइएको बैंकले जनाएको छ ।

म्यानेजमेन्ट प्रशिक्षार्थी पदका लागि इच्छुक आवेदकले एमबिए डिग्री प्राप्त गरेको हुनुपर्ने बैंकले जनाएको छ । कुनै पनि अनुभव नभएकाहरुले पनि उक्त पदमा आवेदन दिन सक्नेछन् ।

त्यस्तै, प्रशिक्षार्थी सहायक पदका लागि न्युनतम ब्याचलर्स डिग्री भएकाहरुले आवेदन दिन सक्नेछन् । उक्त पदका लागि पनि कुनै पूर्व अनुभव आवश्यक नभएको बैंकले जनाएको छ । कानूनी तथा सेयर शाखाका लागि आवेदन दिन चाहनेहरुका लागि भने कानूनी विषयमा न्यूनतम ब्याचलर्स डिग्री आवश्यक रहेको बैंकले जनाएको छ । बैंकका अनुसार रोजगारीका लागि जेठ ३० गतेसम्ममा आवेदन दिन सकिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]