
बैंकिङ खबर/नेपाल बैंकर्स संघका अनुसार गत असारयता बैंकहरूमा तीन खर्ब १० अर्ब निक्षेप थपिएको छ । अहिले कुल निक्षेप ४८ खर्ब ५१ अर्ब पुगेको छ । तर, यसबीच बैंकहरूले एक खर्ब २२ अर्ब मात्रै लगानी गरेका छन् ।
गत चैत मसान्तसम्म ४३ खर्ब नौ अर्ब कुल कर्जा प्रवाह भएकोमा ५ जेठसम्म आइपुग्दा १२ अर्ब ८६ करोडले कर्जा घटिसकेको छ । अहिले बैंकहरूको कर्जा लगानी ४२ खर्ब ९६ अर्ब पुगेको छ ।
बैंकहरूको कर्जा निक्षेपको अनुपात पनि गत साउनको तुलनामा घटिसकेको छ । गत साउनमा ८८.०७ प्रतिशतसम्म पुगेको यस्तो अनुपात घटेर वैशाखमा ८४.८८ प्रतिशत भएको छ ।