Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

उदयपुरमा लघुवित्तविरुद्धका आन्दोलनकारी र प्रहरीबीच झडप

२०८० जेष्ठ ८ गते

बैंकिङ खबर/उदयपुरस्थित गाईघाटमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थविरुद्ध आन्दोलन चर्किएको छ । आन्दोलनमा प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेको छ । आइतबार साँझ आन्दोलनमारी प्रहरीले लाठी र अश्रुग्याँस प्रहार गरेको भन्दै सोमबार बिहानैदेखि संस्थाबिरुद्ध आन्दोलन झन् चर्काइएको छ।

आइतबार साँझ साढे ७ बजेतिर प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा त्रियुगा नगरपालिका ७ चुहाडेका ३६ वर्षीय धनबहादुर मोते, त्रियुगा ६ जलजलेकी २७ वर्षीया देविका राई र मोरङ बेलबारी ७ की ४४ वर्षीया ललितादेवी खवास घाईते भएका छन्। मोतेको टाउकोमा चोट लागेको छ भने खवासको हात भाँचिएको छ। उनका अनुसार जिल्ला अस्पतालमा उपचाररत खवासको भाँचिएको हात अप्रेसन गर्नुपर्ने भएको छ भने मोते र राईको पनि सोही अस्पतालमाउपचार भइरहेको छ।

आन्दोलनकारीहरु राति संस्थाको कार्यालय अगाडि सडकमै सुतेर सोमबार बिहानैदेखि आन्दोलन सुरु गरेका छन्। वित्तीय संस्थाको कार्यालयलाई सशस्त्र र जनपथ प्रहरीको ठूलो समूहले घेरा हालेर सुरक्षा दिइरहेको छ। बिहानदेखि चर्केको आन्दोलन साम्य पार्न उनीहरुको मागबारे दोहोरो छलफल गर्ने प्रयास भइरहेको छ।