May 21st, 2023

एनएमबि लघुवित्तको २ दिने बजेट योजना कार्यशाला सम्पन्न

बैंकिङ खबर/ एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रादेशिक स्तरिय २ दिने बजेट योजना तथा ब्यवसायिक रणनीतिक कार्यशाला पोखराको लेकसाईड स्थित टिका रिसोर्टमा आयोजना गरेको छ ।

उक्त कार्यशालामा संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशी, केन्द्रीय कार्यालयवाट सबै विभागीय प्रमुखहरु तथा विभागमा आबद्ध कर्मचारीहरु, ७ वटै प्रदेशका प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख र प्रादेशिक कार्यालय अन्तगर्तका क्षेत्रीय स्टेशनमा कार्यरत क्षेत्रीय प्रवन्धकहरु गरी करिव ४५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै २ दिने कार्यशालाको उदेश्य र महत्वबारे सहभागीलाई जानकारी गराउनुभएको थियो ।

जेठ ५ गते देखि ६ गते सम्म आयोजित यस कार्यशालामा ७ वटै प्रदेशका प्रादेशिक कार्यालय र सो अन्तर्गतका क्षेत्रीय स्टेशनहरुको लक्ष्य-प्रगति, भावि योजना, अनुभव आदान प्रदान, आर्थिक वर्ष २०७९/०८० असार मसान्तको प्रोजेक्सन र आगामी आर्थिक वर्ष २०८०/०८१ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा ब्यवस्थापन, शाखा संचालन व्यवस्थापनमा प्रादेशिक प्रमुख, क्षेत्रीय प्रवन्धकको भूमिका, शाखा अनुगमन, ब्यवसायिक रणनीति/कृषिमा आधारित नयाँ कर्जा प्रोडक्ट सम्वन्धि विषय, ग्राहक पहिचान तथा बचत खाता ब्यबस्थापन, भाखा नाघेको कर्जा ब्यवस्थापन, जनशक्ति ब्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी ब्यवस्थापन, Internal Control & Audit System, निरीक्षणका क्रममा देखिएका कैफियतहरु र ग्राहक सदस्यहरु संग गर्ने व्यवसायिक व्यवहार र सम्बन्ध लगायत समसामयिक विषयवस्तुमा विभागिय प्रमुखवाट प्रशिक्षण दिइएको थियो ।

साथै संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशीबाट नियामक निकायवाट जारी निर्देशन, भावी योजना रणनीति तथा अन्य समसामयिक विषयमा उत्प्रेरित गदै कर्मचारीहरुलाई मार्गनिर्देशन गरेका थिए ।

अन्त्यमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले कार्यशालामा सहभागी सबैलाई आवश्यक उत्प्रेरणा र मार्गनिर्देशनसहित कार्यशालाको समापन गरिएकाे थियो ।

यस वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखा उपशाखा र ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय विस्तार गरी करिब एकलाख २० हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]